logo

व्यवसायी र सरकारबीचको सम्बन्ध सरकार र प्रतिपक्षको जस्तो : उद्योगमन्त्री यादव

    1334   पटक पढिएको

९ मंसिर / अर्थ र व्यापार- तेस्रो उद्योग दिवसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योगीहरु राजा खोज्दै हिँडेको आरोप लगाएका छन् । “उद्योगी, व्यवसायी र सरकारबीच राम्रो सम्बन्ध हुनुप¥थ्यो तर सरकार र प्रतिपक्षको जस्तो सम्बन्ध रहेको छ”–मन्त्री यादवले भने ।

उद्योगीहरुले मन्त्री यादवलाई भन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न थालेको प्रति संकेत गर्दै उनले गलत ठाउँमा जम्प गरेको समेत बताए । मन्त्री यादवले उद्योगीहरुलाई व्यापारी नबनी उद्योगी नै बन्न आग्रह गरे । “सबैजना एक ठाउँमा बसेर ऐन नियम कानुन के कहाँ परिवर्तन गर्नुपर्छ गरौ,एक अर्काको विरोधी भएर कसैको समस्या समाधान हुँदैन”–मन्त्री यादवले भने ।

उद्योग दिवसको अवसरका आयोजित कार्यक्रममा उद्योगी व्यवसायी र सरकोकारवाला पक्षसित छलफल गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहको सहभागिता रहेको थियो । छलफलमा सहभागीहरुले समय सापेक्षा कानुन परिवर्तन गर्नुपर्ने, बाझिएका कानुनलाई मन्त्रालयकै पहलमा एक बनाउनुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने विषयमा राय सल्लाह सहित सरकारको ध्यानाकर्षण गराएका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।