logo

सगरमाथाको उचाइ मापन २०१९ भित्र सक्ने, ७५ प्रतिशत ‘लेभलिङ’को काम सकियो 

    1487   पटक पढिएको


४ साउन/अर्थ र व्यापार– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन २०१९ भित्र सक्ने लक्ष्यका साथ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।  

सरकारले चालु आर्थिक वर्षमा मापन कार्यका लागि  १५ करोड रुपैया विनियोजित गरेको छ । 

नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ ।

गत माघ १५ गते लेभलिङका लागि पहिलो प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पुगेको थियो । भारतदेखि मदारसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले र त्यहाँबाट नेपाली टोलीले गरेका थिए ।

गत माघदेखि दुईवटा प्राविधिक टोलीले लेभलिङको काम शुरु गरेको र १७० किलोमिटरको काम सक्याएर दुबै प्राविधिक टोली गत असारको दोस्रो साता काठमाडौँ फर्किएको हो । टोली काठमाडौँ फर्किएपछि यतिखेर विभागमा अहिलेसम्म संकलित तथ्याँकको विश्लेषण गर्ने काम भइरहेको छ ।

मापनमा प्राविधिक सहयोग गर्न युजिल्यान्डका भूगर्भ्विद् प्रो किस्टोफ पियर्स अहिले नेपालमै छन् । उनले एक महिनासम्म प्राविधिक टोलीलाई स्वयंसेवकका रुपमा प्रशिक्षण दिनुहुने प्रमुख डंगोलले जानकारी दिए।

विभागले अहिलेकै अनुपातका काम अगाडि बढाउन सकिए सन् २०१९ को अन्तसम्म मापनको कार्य सक्ने जनाएको छ । विभागसँग ६० वर्षको अनुभव छ । नयाँ प्रविधि अपनाउन सक्ने  जनशक्ति दक्षसमेत रहेकाले निर्धा्रित समयमै काम सक्ने विभागको दाबी छ ।

विश्वको सर्वोच्च शिखरका रुपमा प्रख्यात सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरर्रा्ष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो ।

मापन कार्य शुरु गर्नु अघि विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, संयुक्त राज्य अमेरिका, इटालीलगायत देशका वैज्ञानिकहरुको अन्तर्रा्ष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।