logo

मलेसिया सरकारले पठायो नेपाली कामदारसम्बन्धि द्वीपक्षीय समझदारीपत्रको मस्यौदा

    1447   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– मलेसिया सरकारले कामदार सम्बन्धी द्वीपक्षीय सझदारीपत्रको मस्यौदा नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको छ । 

मलेसियाको मानव संशाधन मन्त्रालयले त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कामदार सम्बन्धी द्वीपक्षीय सझदारीपत्रको मस्यौदा पठाएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

यसअघि नेपालबाट रोजगारका लागि मलेसिया जाने कामदारहरुमाथि श्रम शोषण हुने गरेको भिसा लगाउँदा वायोमेट्रिक स्क्रिनिङका नाममा अवैध रुपमा पैसा असुल्ने गरेलगायतका मुद्दा उठाउँदै नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएको थियो । 

मलेसियाले पठाएको मस्यौदामा मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल सुरु गरिसकेको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

यसअघि मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपालसँग समस्या समाधानका लागि समझदारी पत्र (एमओयु) मा छिट्टै हस्ताक्षर हुने जानकारी दिएका थिए । उनले नेपालसँग जिटुजी समझदारी गर्दै सरकारी तवरबाटै कामदार ल्याउने बताउँदै आएका छन् । 

अघिल्लो सरकारले विदेशी कामदारका लागि लागू गरेको बायोमेट्रिक स्क्रिनिङका कारण हाल मलेसियामा कामदारको समस्यामा उत्पन्न भएको भन्दै उनले नेपाल, बंगलादेश फिलिपिन्ससहितका देशहरुलाई समेट्ने गरी साझा प्रणालीको विकास गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।