logo

माघदेखि मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती सुरु गरिने, काम नसकिएसम्म सार्वजनिक यातायातको साधन सञ्चालन गर्न नदिने

    854   पटक पढिएको

१० पुस/ अर्थ र व्यापार - चीनसँग व्यापारीक कारोबार बढाउनका लागि निर्माण गरिएको मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि सुरु गरिने भएको छ ।  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्नु परेकाले स्तरोन्नतीको काम ढिलाइ भएको हो । नेपाली सेनाले निर्माण गरेको १७ किलोमिटर सडक गएको जेठमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरिएको थियो । 

गएको असारमा निर्माण गरिएको डिपिआर पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गरिएको हो । संशोधन गर्न बढी समय लागेको कारण ट्रयाक खोलिएको सात महिनासम्म स्तरोन्नतीको काम सुरु हुन नसकेको हो । डीपीआर संशोधनको काम सकिएको र टेन्डर प्रक्रिया सुरु गरिएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताउनुभयो ।

स्तरोन्नतीको काम सक्न करिब २ वर्ष लाग्ने उहाँको भनाइ छ । स्तरोन्नतीको काम नसकिँदासम्म सार्वजनिक यातायातको साधन सञ्चालन गर्न नदिने योजनाले जनाएको छ ।  यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।