logo

सगरमाथामा महालक्ष्मी लाइफ इनस्योरेन्सको लोगो पुर्याइने

    1448   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार   - सगरमाथामा महालक्ष्मी लाइफ इनस्योरेन्सको लोगो पुर्याइने भएको छ । तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको गर्न लागेकी राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनले इन्स्योरेन्सको लोगो सगरमाथा लाने भएकी हुन् ।

सगरमाथा आरोहणमा सहयोग पुर्याउन आरोही मर्हजनको आधिकारीक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाललाई इन्स्योरेन्सले एक लाख रुपैयाँ प्रदान गरेको हो । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहयोग रकमको चेक र कम्पनीको लोगो अंकित झण्डा महर्जनलाई हस्तान्तरण गरे ।

‘शिक्षा मार्फत बाल विवाहको अन्त’ को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान थालेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स सहयोग गरेको हो । सगरमाथा आरोहणको क्रममा कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाइफको लोगो अंकित झण्डा फहराउने छिन् । महिला पर्वतारोही महर्जनले गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकि थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।