logo

आफूमाथि लागेको आरोपहरु झुटो भएको भन्देै अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्वारा राजीनामा

    1321   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार  - अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफूमाथि लागेको गम्भीर आरोपहरु झुटो भएको उनको दाबी छ तर, नैतिकताका आधारमा राजीनामा दिएको बताएकी छन् । मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो । त्यसपछि अष्ट्रेलिया पुगेर बन्दोबस्तीमा सामान लिएर आएकी उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

आफ्नै गाडीचालकले वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेको थियो । शेर्पाले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन् । ‘घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता व्यक्तिहरुलाई मानमर्दान गर्ने परम्पराको थालनी हुनु दुखद छ’ उनले भनेकी छन् ।शरणार्थी माध्यमबाट पी.आर. पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ । निजी सहयोगी कार्यगत र भाषिक परीक्षण लिए पनि नियत र इमान्दारिताको परीक्षण लिन चुकेको उनले बताएकी छन् । 

केही सञ्चार माध्यमले वास्तविकता नबुझेर एकपक्षीय प्रचार गरेको उनको गुनासो छ । आफूविरुद्ध आरोप लागेपछि अनुसन्धानमा सहयोग गर्न ‘कूटनीतिक उन्मुक्ति खुला’ अष्ट्रेलियन सरकारसमक्ष पेश गरेको र आरोप झुठा साबित गर्दै ससम्मान कूटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।