logo

१९३ जना नायव सुब्वाको  लागि लोकसेवा आयोगद्वारा दरखास्त आह्वान

    1035   पटक पढिएको

२५ पुस/ अर्थ र व्यापार - लोक सेवा आयोगले ७ वटा प्रदेश स्तरीय कार्यालयबाट १९३ जना नायव सुब्वाको लागि दरखास्त आह्वान गरेको छ । आयोगले काठमाडौंबाट सबैभन्दा धेरै ९९ जनाको लागि माग गरेको छ भने सबैभन्दा कम सुर्खेत कार्यलयबाट ७ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेकाले नासुको लागि आवेदन दिन पाउने लोक सेवा आयोगले जनाएको छ । योग्यता पुगेका आवदेकले माघ १५ गतेसम्म आवदेन दिन पाउने छन् । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म पाइनेछ ।

आवेदन दिनको लागि लोकसेवा आयोगको अनलाइन प्रणाली मार्फत दिनु पर्नेछ । अनलाइन आवेदन दिएपछि राष्ट्रिय बाणिज्य बैंक वा ग्लोबल आइएमई बैंकको शाखा कार्यलयबाट तोकिएको दस्तुर बुझाउनु पर्नेछ ।

आयोगले पहिलो चरणमा प्रारम्भिक परिक्षा लिनेछ । प्रारम्भिक परिक्षा उत्तीर्ण गरेकाहरुले द्धितिय चरणको परिक्षामा भाग लिन पाउने जनाएको छ । जुन प्रदेश स्तरीय लोकसेवा कार्यलयबाट आवदेन दिइएको छ । त्यहि अन्तर्गतको कार्यलयले तोकिएको स्थानबाट परिक्षा दिनु पर्ने हुन्छ । परिक्षा दस्तुर ४०० रुपैयाँ तिर्नु पर्नेछ यदि समावेशी तर्फको लागि आवदेन दिएमा थप २०० रुपैयाँको दरले भुक्तानी गर्नु पर्ने आयोगले जनाएको छ ।    

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।