logo

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सरकारविरुद्ध उभिने :राजपा प्रमुख सचेतक लक्ष्मणलाल कर्ण

    1055   पटक पढिएको

२५ पुस/ अर्थ र व्यापार  - राष्ट्रिय जनता पार्टी (राजपा) ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । बुधबार बसेको संसद बैठकमा समय लिएर बोल्दै राजपा प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक नभए सरकारविरुद्ध उत्रने बताएका छन् ।

मधेस तथा थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानबिन गर्न २ असोज २०७३ मा पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग बनेको थियो । ३२६४ उजुरीको छानबिन गरेर आयोगले २९ माघ २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिवेदन बुझाएको थियो तर, अहिलेस्म्म प्रतिवेदन सार्वजनिक भएको छैन ।

राजपा सांसद कर्णले प्रधानमन्त्री फेरिँदैमा मैले प्रतिवेदन पाएको छैन भन्नु हाँस्यास्पद तर्क हुने बताए । उनको प्रश्न छ, ‘कि प्रधानमन्त्री परिर्वतन हुनासाथ कार्यालयको कागजहरु दहन हुन्छ ? होइन भने यो किन सार्वजनिक भएन ?’लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सरकारविरुद्ध उभिने उनले बताए । लगतै सभामुख कृष्णबहादुर महराले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।