logo

सार्वजनिक सवारी खोल्ने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदै

    1042   पटक पढिएको

१४ असार/अर्थ र व्यापार– मंगलबारदेखि सार्वजनिक सवारी खोल्ने विषयमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आज छलफल हुने भएको छ ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्ब्याउने विषयमा सहमत भएपनि सार्वजनिक सवारी साधन खोल्ने विषयमा भने ठोस निर्णयमा पुग्न सकेको छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबारदेखि सार्वजनिक सवारी खोल्ने वा नखोल्ने भन्ने कुनै ठोस सहमती भईनसकेको बताए । प्रजिअ पराजुलीले आज फेरि छलफल गरेर दिउँसो निर्णय लिने जानकारी दिए ।

प्रजिअ पराजेलीका अनुसार यसपटक पनि थपिएको निषेधाज्ञा केही खुकुलो बनाइने तयारी गरिएको छ । सार्वजनिक सवारी साधनलाई पनि वैज्ञानिक ढंगबाट संचालन गर्ने, सवारीको सिट क्षमता र जोर बिजोर नम्बरको आधारमा चल्न दिने, मानिसको भिडभाड हुने क्षेत्रहरु सपिङ मल, विद्यालय, पार्टी, सेमिनार भने अझैं केही साता खुल्न नदिने भएको छ । भने यसअघि समय र बार निर्धारण गरेर खोल्न दिएका पसलहरुको समय पनि केही थप गरिने भएको छ ।

कोरोना महामारीको दर बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको छ । थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।