logo

पहिलो चौमासमा महानगरको विकास खर्च ३३ करोड, प्रशासनिक खर्च ६२ करोड

    1613   पटक पढिएको


८ पुस/अर्थ र व्यापार– काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा पूर्वाधार विकासतर्फको खर्च निरासाजनक देखिएको छ ।

चालु आवमा १४ अर्ब २६ करोड बजेट ल्याएको काठमाडौं महानगरपालिकाले पहिलो चौमासमा जम्मा १ अर्ब ४० करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यो रकम कुल विनियोजनको ९.८६ प्रतिशत हो ।

चालु आवको लागि महानगरले पूर्वाधार विकासका लागि जम्मा ७ अर्ब ८४ करोड ६७ लाख बजेट विनियोजन गरेकोमा पहिलो चौमासमा पूर्वाधार विकासतर्फ ३२ करोड ९४ लाख मात्रै खर्च गरेको छ । जुन विकासतर्फ विनियोजित कुल बजेटको ३.४८ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा विकासतर्फको खर्च अत्यन्तै निराशाजनक देखिएको छ ।

महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले टेन्डर स्वीकृत गर्नै २ महिना लाग्ने भएकाले पहिलो चौमाकिसमा विकासतर्फको खर्च कमजोर भएको बताए । उनले अहिलेसम्म यो वर्षका लागि छनोट भएका ५० देखि ६० प्रतिशत आयोजनाको ठेक्का लागिसकेकोले अबका चौमासिक खर्चमा लक्ष्यअनुसार नै खर्च गर्न सकिने बताए ।

यसैगरी, चालु आवको लागि महानगरपालिकाले प्रशासनिक खर्च शीर्षकमा १ अर्ब ८६ करोड रुपैयाँ ३७ लाख विनियोजन गरेको छ । जसअनुसार प्रशासनिक खर्चतर्फ पहिलो चौमासमा ६२ करोड ३२ लाख खर्च गरेको छ । यो प्रशासनिक खर्चतर्फ कुल विनियोजित बजेटको ३३.४४ प्रतिशत हो ।

विकासतर्फ मात्र नभएर काठमाडौं महानगरपालिका आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि वजेट खर्च गर्ने सन्दर्भमा निकै कमजोर देखिएको छ ।

महानगरपालिकाले यो वर्ष सुशासन र अन्तरसम्बन्धित क्षत्रेका लागि भनेर १ अर्ब ८ करोड छुट्याइएकोमा पहिलो चौमासमा ३ करोड ७९ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो कुल विनियोजित बजेटको ३. ४८ प्रतिशत मात्रै हो ।

यसैगरी, पहिलो चौमासिक अवधिमा आर्थिक विकास शीर्षकमा ३ करोड ६९ लाख खर्च भएको छ । यो शीर्षकमा चार महिनामा ४.३९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महानगरले आर्थिक विकासमा लागि ८४ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

यस्तै, सामाजिक विकासका लागि २ अर्ब ६२ करोड विनियोजन भएकोमा ४ महिनामा ३७ करोड ८२ लाख मात्रै खर्च भएको छ । यो विनियोजनको १४.४२ प्रतिशत मात्रै हो ।

पहिलो चौमासिक अवधिमा महानगरपालिकाले सहायता शीर्षकमा २ करोड २० लाख रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई बाँडेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।