logo

दाङमा भयो कृषि भण्डार गृहको निर्माण

    1421   पटक पढिएको

२२ भदौ / अर्थ र व्यापार – यहाँको राप्ती गाउँपालिकाका किसानलाई अब खाद्यान्न बिक्री तथा मलखाद, कृषि औजार र बिउबिजन किन्नका लागि बजार बजार धाउन नपर्ने भएको छ ।

राप्ती गाउँपालिका–२ लालमटियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा कृषि भण्डार गृहको निर्माण भएपछि किसानलाई खाद्यान्न बिक्री तथा बिउबिजन, कृषि औजार र मलखादका लागि बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको रु २६ लाख ४१ हजार र रु चार लाख ७८ हजार बराबरको जनश्रमदानबाट उक्त कृषि भण्डार गृह निर्माण भएको हो । नवनिर्मित कृषि भण्डार गृहको उद्घाटन बुधबार गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका हुन् । 

नवनिर्मित कृषि भण्डार गृहबाट अब किसानको खाद्यान्न तथा बिउबिजन भण्डारण तथा बिक्री गर्ने, प्रजनन बिउ र मूल बिउ उपलब्ध गराउने, कृषि औजार सुपथ मूल्यमा उपलब्ध गराउने, मलखाद वितरण गर्ने र प्राविधिक सेवासमेत दिनेछ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।