logo

चिनियाँ व्यवसायीलाई नेपालमा लगानी आब्हानः प्रधानमन्त्री ओलि 

    1187   पटक पढिएको

१२ आषाढ / अर्थ र व्यापार- प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा आफूले चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न आब्हान गरेको बताएका छन् । आफूले नेपालमा पर्यटन तथा अन्य क्षेत्रमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराएका छन् । चीन भ्रणका क्रममा उर्जा, मितेरी र रसुवा पुल निर्माण, नेपालको उत्तरी क्षेत्रमा सामान ढुवानी गर्न चीनको तिब्बती राजमार्ग प्रयोग गर्ने विषयमा पनि समझदारी भएको ओलीले बताएका छन् । 

त्यस्तै चीनको सहयोगमा सञ्चालित कार्यक्रम कार्यान्वयनका लागि नेपाल र चीनबीच संयन्त्र बनाइने समझदारी बनेको पनि प्रधानमन्त्री ओलीले बताए । चीनले नेपालको पुर्ननिर्माणमा सहयोग गर्ने भनेको ३ अर्ब युआनमध्ये बाँकी १ अर्ब पनि तत्काल उपलब्ध गराउने समझदारी भ्रमणमा भएको ओलीले जानकारी दिए । उनका अनुसार नुवाकोट दरबारको पुर्ननिर्माण चीनको सहयोगमा हुने समझदारी पनि भएको छ । चीनकै सहयोगमा झापामा नदी नियन्त्रण कार्यक्रम अघि बढाइने पनि उनले जानकारी दिएका छन् । 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षबीच पनि छलफल भएको थियो । छलफलमा आफूले नेपालमा ऊर्जा उत्पादन तथा पूर्वाधारका क्षेत्रमा बैंकको लगानी अभिवृद्धिका विषयमा छलफल गरेको प्रधानमन्त्री ओलिले बताए । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।