logo

कोटेश्वरमा हुने जाम घटाउन जाइकाद्वारा प्रारम्भिक प्रतिवेदन तयार

    1161   पटक पढिएको

३० जेठ / अर्थ र व्यापार - कोटेश्वरमा हुने जाम घटाउन तीनवटा विकल्प सहितको प्रारम्भिक प्रतिवेदन जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले दिएको छ । काठमाडौंका मुख्य इन्टरसेक्सनमा ट्राफिक सुधारका लागि अध्ययन गर्न आएको जाइकाको टोलीले कोटेश्वरका लागि सुरुङमार्ग, फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको हो । 

केहि समयअघि जाइकाले कोटेश्वरका लागि तीन विकल्प सहितको प्रारम्भिक प्रतिवेदन दिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । उनका अनुसार, एक महिनाभित्रै जाईकाले पूर्व सम्भाव्यता अध्ययनको रिपोर्ट दिने छ । ७ जना प्राविधिक सहितको टोलीले फेब्रुअरीदेखि अध्ययन थालेका थिए । प्रारम्भिक प्रतिवेदन दिएर अहिले उनीहरु फर्किसकेका छन् । 

टोलीले दिएको प्रतिवेदनमा पहिलो विकल्पका रुपमा भक्तपुरतिर जाने सडकको मुनी रिङरोडमा सुरुङमार्ग निर्माण गर्ने रहेको छ । बानेश्वर र तिनकुनेबाट सुर्यविनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केहि फराकिलो बनाईनेछ । त्यसको मुनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कने रिङरोडमा सुरुङमार्ग हुनेछ । 

१ हजार एक सय ४० मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ । करिव २४ अर्व रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । काम थालेको ४८ महिनामा सकिने प्रतिवेदनमा उल्लेख छ । दोस्रो विकल्पका रुपमा तिनकुने हुँदै बालकुमारी तिर निस्कने सडकमा ‘फ्लाई ओभर’ हालिनेछ । रिङरोडमा करिव १ हजार ३ सय २० मिटर लामो फ्लाईओभर निर्माण गर्नुपर्छ । भक्तपुरतिर जाने सडकलाई अहिलेकै अवस्था (सतह) मा राखेर फराकिलो बनाईनेछ । ९ अर्व ९ करोड रुपैयाँ लाग्ने अनुमान छ । 

तेस्रो विकल्प भक्तपुरतिर जाने सडकमा सुरुङमार्ग निर्माण गरिनेछ । भक्तपुरतिर जाने सडकमा आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ भने रिङरोडलाई अहिलेकै अवस्थामा संचालन गरिनेछ । सुरुङमार्ग १ हजार ८ सय ६० मिटर लामो हुनेछ । यसका लागि २४.६ अर्व रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।
महाशाखा प्रमुख थापाका अनुसार फिजिविलिटी रिपोर्ट प्राप्त भएपछि बाकी निर्माण प्रक्रिया अघि बढ्ने छ । यी तीनवटा विकल्पमध्ये तेस्रो विकल्प उपयुक्त हुने प्रतिक्रिया दिएको थापाले जानकारी दिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संवेदनशीलतालाई समेत ध्यानमा राख्दा तेस्रो विकल्प उचित हुने निष्कर्ष निकालिएको छ । प्रतिवेदन प्राप्त भएपछि डिपिआर निर्माणको प्रक्रिया अघि बढाईने महाशाखाले जनाएको छ । 

बानेश्वर, कोटेश्वर, माईतीघर लगायतका स्थानको इन्टर सेक्सनहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्प सहितको अध्ययन गरिएको हो । जसमा कोटेश्वरलाई पहिलो प्राथमिकतामा राखिएको छ । जापानको ऋण सहयोगमा निर्माण गरिने छ । सम्झौता भने भएको छैन । सुरुङमार्ग निर्माणपछि कोटेश्वरमा हुने गरेको घण्टौसम्मको जाम घट्ने अपेक्षा गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।