logo

पर्यटकका लागि स्मार्टकार्ड लागू गर्ने ः खुम्बु पासाङल्हामु गापा

    1212   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ड लागू गर्न तयारी शुरू गरेको छ । गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध गर्ने निर्णय गरेअनुरुप स्मार्ट कार्डका लागि प्रक्रिया अघि बढाइएको छ । खुम्बु प्रवेश गरेका पर्यटक बेपत्ता हुने तथा सुरक्षामा चुनौती बढ्दै गएकाले पर्यटकको सुरक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।

पर्यटक खुम्बुको प्रवेशद्वार लुक्लामा प्रवेशलगत्तै उनीहरुलाई स्मार्ट कार्ड उपलब्ध गराउने र त्यो कार्ड बोक्ने पर्यटक कहाँ जाँदैछ भन्ने जानकारी लिइनेछ । स्मार्ट कार्डका लागि टेण्डर आह्वान गरी सकेसम्म आगामी आरोहणको मौसमभन्दा अघि परीक्षणका रुपमा भएपनि लागू गर्ने छ । वर्षमा औषत ३५ हजारको हाराहारीमा विदेशी पर्यटक आउने खुम्बुमा वर्षेनी तीनरचार जना पर्यटक हराउने गरेको प्रहरीको तथ्याँक छ ।

यस्तै, उचाइमा हुने विभिन्न स्वास्थ्य समस्याका कारण आपत्कालीन उद्धार गर्नुपर्ने पर्यटकको संख्या समेत थुप्रै हुने गरेको छ । स्मार्टकार्ड लागू भएपछि आपत्कालीन अवस्थामा उद्धार चाँडो हुने र पर्यटकले सुरक्षित महसुस गर्ने छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।