logo

अब काठमाडौं महानगरले सडक पखाल्ने ‘जेट मेसिन’ ल्याउँदै

    1369   पटक पढिएको


३१ जेठ / अर्थ र व्यापार - काठमाडौं महानगरपालिकाले रुख रोप्ने ‘ट्री ट्रान्सप्लान्ट’ र सडक बढार्ने ब्रुमरसँगै सडक पखाल्ने जेट मघेसिन ल्याउने भएको छ ।

यसको बारेमा महानगरको सडक डिभिजन मेकानिकल इन्जिनियर र पुल्चोक क्याम्पसको मेक    भानिकल इन्जिनियरिङको विभागीय प्रमुखको टिमले अध्ययन गरिरहेको छ ।

अध्ययन प्रतिवेदन आइसकेपछि नेपालमा कुन डिजाइनको मेसिन ठिक हुन्छ निक्र्याैल र परीक्षण गरी त्यही अनुसार खरीद प्रकृयामा जाने छ ।

यी तीन वटै मेसिन खरीद गर्न अर्थ मन्त्रालयले ९ करोड दिएको र महानगरले पनि करिव ९ करोड लगानी गर्ने छ । एउटा मेसिनको करीव ३ करोड पर्ने छ ।

अहिले महानगरमा ३ वटा ब्रुमर मेसिन, २ वटा जेट मेसिन र एउटा ट्रि ट्रान्सप्लान्ट आवश्यक रहेको छ । बजेटले भ्याएसम्म ५ वटासम्म जेट मेसिन ल्याउन सकिने छ ।

केही समय अगाडि सडक पखाल्न दमकल प्रयोग गरिए पनि त्यसले धेरै पानी खर्च गर्ने र सडक छेउछाउमा धेरै पानी जम्मा हुने भएकोले त्यत्ती प्रभावकारी हुन सकेन ।

यी मेसिन आइसकेपछि पहिले बु्रमरले बढारेर धुलो हटाइन्छ। अनि जेट मेसिनको सहायताले सडक पखालिन्छ र पूर्ण धुलोमुक्त बनाइन्छ । यो कार्यक्रम सुरु भएपछि महानगरवासीले धेरै राहत महसुस गर्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।