logo

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिदैं

    1013   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार  - सरकारले सर्वसाधारणलाई पनि जलविद्युत आयोजनामा लगानीको अवसर दिने भएको छ । ‘जनताको जलविद्युत आयोजना’ नाम दिइएको कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । कार्यक्रम घोषणासँगै साना–ठूला गरी १९ वटा जलविद्युत आयोजनामा सर्वसाधारणलाई सेयर लगानीको अवसर प्रदान गरिने उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार १९ वटा जलविद्युत आयोजनाको कूल क्षमता ३ हजार ४ सय ७९ सय मेगावट छ । अपर अरुण (७२५ मेगावाट), किमाथांका अरुण (५०० मेगावाट), फुकोट कर्णाली (५०० मेगावाट) अरुण–४ (४०० मेगावाट), तल्लो अरुण (४०० मेगावाट), तामाकोशी (१०१ मेगावाट) लगायतका १९ वटा जलविद्युत आयोजनामा सर्वसाधारणले सेयर लगानी गर्न पाउने छन् ।

आयोजनामा ५१ प्रतिशत लगानीको सरकारको हुनेछ भने ३९ प्रतिशत देशभरका नागरिक र १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याइने उर्जा सचिव घिमिरे बताउँछन् । ‘मन्त्रालयले जारी गरेको श्वेतपत्रका आधारमा स्वपुँजी (इक्विटीको ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि हुनेछ’, उनले भने ।
सबै आयोजनामा गरी सर्वसाधारणले १ खर्ब २ अर्ब २८ करोड बराबरको सेयर लगानी गर्न सक्ने छन् । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नारा दिएर मन्त्रालयले महत्वका साथ यो कार्यक्रम अघि अघि बढाएको सचिव घिमिरेले बताए । सरकारी संस्थान र कम्पनीको लगानीमा आयोजनाको निर्माण थाल्ने उर्जा मन्त्रालयको योजना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।