logo

विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा सस्तो हुने, तिरेको भ्याट रकमको १० प्रतिशत उपभोक्ताको खल्तीमा जाने

    1154   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार - विद्युतीय प्रणालीबाट सामान खरिदको भुक्तानी गर्दा अब सस्तो पर्ने भएको छ । आन्तरिक राजस्व विभागले विद्युतीय प्रणालीबाट गरिने भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ताको व्यवस्थाको कार्य्विधीलाई अन्तिम चरणमा पुर्याएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवरले कार्य्विधीको निर्माणको काम अन्तिम चरणमा रहेको र केही दिनभित्रमा कार्यान्वयनमा आउने बताए । विभागले उपभोक्ताले तिरेको भ्याट रकमको १० प्रतिशत फिर्ता दिने व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि भुक्तानी सेवा प्रदायक कम्पनी तथा बैंक तथा वित्तीय संस्था र व्यवसायीसँग छलफल गरेको छ ।

यसको लागि उपभोक्ताले कारोबार गर्ने फर्म तथा कम्पनी विभागले तोकेको बिलिङ सिस्टममा जोडिएको हुनुपर्छ । उदाहरणको लागि कुनै व्यक्तिले एउटा पसले गएर १ लाख रुपैयाँको एउटा सामान खरिद गर्यो । त्यसको भुक्तानी विद्युतीय प्रणालीबाट गर्यो भने । उसले तिरेको १३ हजार रुपैयाँ भ्याटमा उसले १३ सय रुपैयाँ फिर्ता पाउने छ ।

तत्कालै क्यास ब्याकजस्तो उसको खातामा फिर्ता जाने प्रणालीको विकास विभागले गर्न लागेको छ । विभागका महानिर्देशक कुँवर उपभोक्तालाई सिधै भ्याट फिर्ता दिने व्यवस्थाले नगद रहित कारोबारको व्यवस्थालाई बढाउने बताउँछन् ।

‘उपभोक्तालाई क्यासलेस कारोबार गर्नको लागि प्रोत्साहन मिल्छ भने भ्याट बिल र भ्याटको आकार बढ्ने हाम्रो अनुमान छ,’कुँवरले भने । उपभोक्ताले तिरेको १० प्रतिशत क्यासब्याक फिर्ता आएपछि कम मूल्यमा सामान समेत प्राप्त गर्न सक्छन् । महानिर्देशक कुँवर भ्याटको सहभागिता बढाउने अपेक्षा योजनापछि लिएको बताउँछन् ।

‘भ्याटको बारेमा जनतालाई बढी जानकारी यसले हुने हाम्रो अपेक्षा छ,जसले गर्दा सहभागिता अझै बढाउन सकिन्छ,’उनले भने । विभागले भ्याट फिर्ता दिने विषयमा आफ्नो प्रणालीको समेत विकास गरेको छ । जुन व्यवसायिक फर्महरु जोडिनुपर्ने हुन्छ । जसले गर्दा जुन व्यक्तिको खाताबाट क्यासलेस कारोबार भएको छ उसको खातामा नै प्रणालीले नै तिरेको भ्याट रकमको १० प्रतिशत फिर्ता जाने व्यवस्था मिलेको हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।