logo

मजदुर अभाव हुँदा संकटमा इँटा उद्योग 

    1488   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– कोभिड–१९ महामारीका कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । 

नेपाल इँटा उद्योग व्यवसायी संघका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी संघको पदस्थापन कार्यक्रममा कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले ८० प्रतिशत ईटा उद्योगहरु संकटमा परेको बताए । 

नेपाली मजदुरहरु वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बताए । 

सचिव अरुण प्रधानले उद्योगी व्यवसायीसँग नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज मात्र लिने भनी गरेको घोषणा व्यवहारमा कार्यान्वयन नहुँदा उद्योगी मारमा परेको बताए । 

प्रधानले काँकडभिट्टा, भैरहवा र जोगरबनी नाकाबाट कोइला ल्याउँदा ढुवानीमा बढी खर्च परिरहेकाले सप्तरीकै नाकाबाट कोइला ल्याउन पाइने व्यवस्थाको माग गरे ।

सप्तरीमा स्थापित उद्योगमध्येको इँटा उद्योगमा करिब १५ हजारले रोजगारी पाइरहेको र एक लाख व्यक्ति आश्रित रहेका छन् । सञ्चालनमा रहेको करिब ५० वटा इँटा उद्योगमा ६० देखि ७० व्यवासायी आबद्ध छन् । 

इँटा व्यवसायी संघ प्रदेश नं २ का उपाध्यक्ष शङ्कर दासका अनुसार एउटा उद्योगले रु १५ देखि १७ लाख कर तिर्ने गरेको छ । 

संघका नवनिर्वाचित अध्यक्ष दुर्गानन्दप्रसाद साहले कोभिड–१९ का कारण लामो समयदेखि भारतीय सीमानाका बन्द रहेकाले उद्योगमा इँटा पोल्न चाहिने कोइला आपूर्ति नभएको र भारतीय मजदुर पनि आउन नसकेकाले १० प्रतिशत मात्र इँटा उत्पादन भइरहेको बताए ।

विसं २०६२ मा प्रस्तावित सप्तरीको इँटा उद्योग व्यवसायी संघ २०७२ मा विधिपूर्वक दर्ता भएको हो । 

कार्यक्रममा व्यसायीहरुले एउटै आकारप्रकारको इँटा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।