logo

काठमाडौंमा साउन ३२ देखि भदौ १ गतेसम्म ‘इन्टरनेशनल एजुकेसन फेयर’ हुने

    1416   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकलाई एकमुष्ट सूचना र परामर्श दिने उदेश्यले काठमाडौंमा दुई दिने ‘इन्टरनेशनल एजुकेसन फेयर’ आयोजना हुने भएको छ ।  साउन ३२ देखि भदौ १ गतेसम्म काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने फेयरमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, जापान, बेलायत लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सूचना र परामर्श दिइने छ ।

नेपालका अग्रणी परामर्शदाताहरुको संस्था ‘आइरिन’ र अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिने परामर्शदाताहरुको संस्था ‘नायर’ को संयुक्त आयोजना तथा ब्रिटिस काउन्सिलको सहकार्यमा यो फेयर हुन लागेको हो । विश्वका विभिन्न देशका उत्कृष्ट विश्वविद्यालयका काठमाडौंस्थित प्रतिनिधिहरु सहभागी हुने यो मेलामा उनीहरुले ती कलेज तथा विश्वविद्यालयमा उपलब्ध छात्रवृत्ति तथा अवसरहरुका विषयमा जानकारी दिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।