logo

वैदेशिक रोजगार कार्यालय अघि कुनै कम्पनीको नाम नराखि बीमा पोलिसी बिक्री हुने व्यवस्था

    1056   पटक पढिएको

१ माघ/ अर्थ र व्यापार - वैदेशिक रोजगारी बीमा हुने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न बीमा समितिले सामूहिक पुल(एकद्धार)मार्फत बीमा पोलिसी जारी गर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका लागि हुने म्यादी बीमामा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । अब एकै ठाउँबाट बीमा पोलिसी बिक्री हुने र कम्पनीको व्यापार हिस्सा अनुसार आम्दानी बाँडफाँड हुनेछ । वैदेशिक रोजगार कार्यालय अघि कुनै कम्पनीको नाम नराखि बीमा पोलिसी बिक्री हुनेछ । वैदेशिक रोजगार कार्यालय अघि कम्पनीरकम्पनीबीचको प्रतिस्पर्धाले कामका लागि विदेश जानेहरु तान्ने होडबाजी हुने गर्दथ्यो ।

मंगलबारदेखि कार्यान्वयनमा आएको यो नयाँ व्यवस्थाले वैदेशिक रोजगारीमा हुने अस्वस्थ प्रतिस्पर्धा रोकिनेछ । सामूहिक पुल कार्यान्वयन आएपनि कार्य्विधी तयार नहुन्जेलका लागि कम्पनीले आफै पोलिसी बिक्री गर्नेछन् भने पुल व्यवस्थापनको जिम्मा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई दिइएको छ ।

समितिले कार्य्विधि तयार पारि पुल तयार पार्न १५ दिनको लागि समयावधि दिएको छ । १५ भित्रमा कार्याविधि बनाई सामूहिक पुल तयार पार्ने सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले जानकारी दिए । पुल व्यवस्थापनको लागि छुट्टै कार्यालय आवश्यक पर्छ । त्यही कार्यालयले वैदेशिक रोजगार बीमा पोलिसी बिक्री गर्नेछ । पोलिसी बिक्री गर्नेदेखि दावी भूक्तानीसम्मका काम त्यही पुलमार्फत हुनेछ । जारी भएका पोलिसीलाई पुलले बजारमा कम्पनीको हिस्सा अनुसार भाग लगाएर दाबी भूक्तानी तथा प्रिमियम बापतको रकम दिनेछ ।

पुलको कार्यालय खर्च तथा कर्मचारी व्यवस्थापनको खर्च कम्पनीले गर्नुपर्नेछ । पुलमार्फत कार्यालयको ठाउँ र संख्या निर्धारण कार्य्विधिमै समेटिने पाण्डेले जानकारी दिए । पुलको कार्यालय स्थापना भएसँगै अहिले वैदेशिक रोजगार कार्यालय अगाडि खोलिएका कम्पनीहरुले आफु खुसी वैदेशिक रोजगार बीमा पोलिसी बिक्री गर्न पाउने छैनन् । यसका लागि वैदेशिक रोजगार कार्यालयसँग समन्वय गरि पुलले नै पोलिसी जारी गर्ने व्यवस्था मिलाउने बीमा समितिका निमित्त कार्यकारी अधिकृत राजुरमण पौडेलले जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।