logo

पछिल्लो ३ वर्षमा जीवन बीमाको दायरा ४ प्रतिशले बढेर १४ प्रतिशतमा पुग्यो

    1316   पटक पढिएको

२० माघ /अर्थ र व्यापार - बीमाको क्षेत्र र दायरा बढाउने सरकारी नीतिले जीवन बीमाको क्षेत्रमा उल्लेख्य प्रगति देखिएको छ । बीमा समितिको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा जीवन बीमाको दायरा ४ प्रतिशले बढेर १४ प्रतिशतमा पुगेको हो । समितिका अनुसार आर्थिक वर्ष २०७२र७३ मा १० प्रतिशत रहेको कभरेज गत आर्थिक वर्ष २०७४र७५ सम्ममा ४ प्रतिशतले बढेर १४ प्रतिशत पुगेको हो । यो बैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेकको तथ्यांक हो ।

बीमालेखको दोहोरो गणना (डुप्लीकेशन) हुनसक्ने भएकोले कुल बीमालेखको ५ प्रतिशत बीमालेख पनि घटाएको छ । केन्द्रिय तथ्यांक बिभागले सन २०१७ सम्ममा प्रक्षेपण गरिएको ३ करोड १८ लाख ८८ हजार १०४ जनसंख्यालाई आधार मानेर समितिले जीवन बीमा कभरेजको तथ्यांक निकालेको हो ।
यस अवधिमा जारी बीमालेखको संख्यामा उलेख्य बृद्धि समेत भएको छ । आर्थिक वर्ष २०७२र७३ को तुलनामा गत आर्थिक वर्ष जारी गरिएको बीमालेख ४०.४८ प्रतिशतले बढी हो । ३० लाख ८७ हजार जारी बीमालेख रहेकोमा यो संख्या ४३ लाख ४३ हजार पुगेको हो । आर्थिक वर्ष २०७३र७४ मा ३३ लाख ८९ हजार बीमालेख जारी भएको थियो ।

गत वर्षमा कूल ४९ लाख ९१ हजार ६१९ जीवन बीमालेख जारी भएको थियो । बैदेशिक रोजगार म्यादी जीवन बीमालेख सहित १६ प्रतिशत जीवन बीमाको कभरेज पुगेको समितिले जनाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरूले ६ लाख ४९ हजार ८४ वैदेशिक रोजगार बीमालेख जारी गरेका छन । यो कम्पनीहरूले जारी गरेका कुल बीमालेख मध्ये म्यादी बीमाको हिस्सा करिब १२.९८ प्रतिशत हो ।

आर्थिक वर्ष २०७२र७३ मा ९ लाख ३३ हजार ८७१ वटा र आर्थिक वर्ष २०७३र७४ मा ६ लाख ४४ हजार १०३ म्यादी बीमालेख जारी भएको समितिको तथ्यांक छ । गत वर्ष नयाँ बीमा कम्पनीहरुको आगमन र शाखा विस्तारले तिब्रता पाएपछि जीवन बीमाक्षेत्रको दायर विस्तार भएको समितिको दाबी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।