logo

सम्पर्कविहिन २९ हजार ४ सय ४७ करदाताको विवरण सार्वजनिक 

    1393   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार– आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर बर्षौदेखी कर विवरण नबुझाएका करदाताको विवरण सार्वजनिक गरेको छ । 

राजस्व विभागले २९ हजार ४ सय ४७ करदाताहरुलाई कर विवरण बुझाउन आग्रह गर्दै विवरण सार्वजनिक गरेको हो ।

विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले भ्याटमा दर्ता भएर कर छली गर्ने नियतले नयाँ कम्पनीबाट कारोबार गरेर नगरेको अध्ययन गर्ने भन्दै त्यस्तो गरेको भेटिएमा राजस्व छलीमा कारवाही गरिने बताए । 

उपमहानिर्देशक पाण्डेले लामो समयदेखी कर विवरण नबुझाएका करदातालाई आर्थिक ऐनले दिएको सुविधा प्रयोग गरी करमा छुट दिइएको बताए । 

कोभिड संक्रमणअघि नियमित कर विवरण बुझाईरहका कम्पनीहरुले पनि नियमित कर बुझाउन आउन छोडेको विभागको भनाई छ ।

भ्याटमा दर्ता भएका कम्पनीहरु सम्पर्कमा आउन छोडेपछि सरकारले चालु वर्षको बजेटबाट ५० प्रतिशत सम्म कर छुटको नीति ल्याएको थियो । 

उपमहानिर्देशक पाण्डेका अनुसार फागुन मसान्त सम्ममा यी करदाताले विवरण पेश गरेमा हाल सम्मको कर र सोको ब्याजमा ५० प्रतिशत छुट हुनेछ भने जरिवाना पनि लाग्ने छैन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।