logo

नेपालबाट दोब्बर मुल्यमा चिया निकासी बढ्यो 

    1486   पटक पढिएको

८ असोज/अर्थ र व्यापार- कोरोना संक्रमणका बिच नेपालबाट चिया निकासीमा उल्लेख्य मात्रामा बृद्धी भएको छ। 

कोरोना संक्रमणका कारण भारतको पश्चिम बंगाल सरकारले गरेको ६८ दिने लकडाउन र बर्षातका कारण भारतमा चिया उत्पादन घट्दा नेपालबाट दोब्बर मुल्यमा चिया निकासी बढेको हो । 

भारतमा अगस्टको थोक मूल्य सुचांकमा चियाको मूल्य ७९ प्रतिशतले बढेको छ । भारतमा उत्पादन घटेर मुल्यबृद्धी भएसँगै नेपालले त्यसबाट फाईदा लिन सकेको हो । 

भारतमा राम्रो उत्पादन हुँदा नेपालबाट होइन भारतबाटै चिया आउँथ्यो । तर अहिले नेपाली उद्योगीले महँगो मूल्यमा भारतमा चिया निकासी गरिरहेका छन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार बैसाख यता चियाको मूल्यमा वृद्धि भएको बताए । उनका अनुसार गत वर्ष यति बेला प्रति किलो १ सय ५० देखि २ सय रुपैयाँमा चियाको निकासी गरिएकोमा यस वर्ष प्रति किलो ३ सय देखि ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिए । 

जगदम्बा टि प्रोसेसिङका संचालक विष्णु न्यौपानेले गत वर्ष १० रुपैयाँ किलो पर्ने हरियो पत्ति अहिले ५० रुपैयाँ किलोमा र १५ रुपैयाँ पर्ने अर्थोडक्स चिया सय रुपैयाँ किलोमा बिक्री भइरहेको बताए । उनले कोरोना संक्रमणसँगै स्वदेशमै पनि चियाको खपत बढेको बताए ।

चालु आर्थिक वर्षको साउन र भदौमा १ अर्ब ४७ करोड मूल्यको ५१ लाख ८ हजार ५ सय १ किलो चिया निकासी भएको थियो । गत वर्षको साउन र भदौमा काँकडभिट्टा नाकाबाट ५९ करोड १६ लाख मूल्यको २३ लाख २२ हजार किलो सिटिसी चिया भारत निर्यात गरिएको थियो ।  
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।