logo

गैरकानूनी तरिकाले बिक्रीमा राखिएको सुर्तीजन्य पदार्थ नष्ट

    1737   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – पाल्पा सदरमुकामलाई सुर्तीजन्य पदार्थ निषेध गराउने अभियान अन्तर्गत सुर्तीजन्य पदार्थ बिक्री वितरणको अवस्थाबारे अनुगमन तीव्र भएको छ । तानसेनका बसपार्क, बर्तुंङ र मेडिकल कलेज आसपासमा रहेका होटल तथा किराना पसलहरुमा गरिएको अनुगमनमा ठूलो परिमाणमा अवैध रुपमा बिक्रिका लागि राखिएका सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको अगुवाइमा विभिन्न पसल तथा होटलहरुमा छड्के अनुगमन भएको हो । अनुगमनका क्रममा पसलमा सूर्तीको प्याकेटको बाहिरी भागमा दुवैपट्टी स्वास्थ्यको लागि हानिकारक चिन्ह नभएको पाइएको, खुल्ला रुपमा झुण्डाएर राखिएको, चुरोटका खिली बेच्ने गरेको, होटलमा खानेकुरा व्यवस्थित नराखिएको, दर्ता नगरी सुर्ती जन्य प्रर्दाथ बिक्री गरेको फेला परेकोले जफत गरी नष्ट गरिएको हो ।

अनुगमनका क्रममा सूर्तीजन्य प्रदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ का बारेमा पसल सञ्चालकहरुलाई जानकारीसमेत गराइएको थियो । अनुगमनका क्रममा व्यापारीले कानुन छल्नकै लागि सामान्य ऐन नियम बारे जानकारी नभएको नाटक गर्दै अवैधानिक रुपमा व्यापार गदै आएको भेटिएकोले सामान जफत गरी नष्ट गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।