logo

पहिलो त्रैमासमा सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा

    1315   पटक पढिएको


३ मंसिर/अर्थ र व्यापार– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटल घाटामा गएको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । 

कोभिड–१९ महामारीका कारणले बाह्य तथा आन्तरिक पर्यटक आगमन बन्द हुनु,  कर्मचारी सेवासुविधा भुक्तानी तथा अन्य सञ्चालन खर्चका कारण होटल नोक्सानीमा गएको कम्पनीले जनाएको छ । 

गत वर्ष कम्पनीको वर्षभरीको आम्दानी एक अर्ब २३ करोड थियो । गत वर्षको पहिलो त्रैमासमा पनि कम्पनीको आम्दानी ३१ करोड ६४ लाख रुपैंयाँ रहेको थियो । 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ । पहिलो त्रैमासमा होटलको कुल खर्च १३ करोड रुपैयाँ छ । यसले गर्दा होटल करिब ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । होटलको अवकाशसहित सम्पूर्ण कर्मचारी खर्च मात्रै ६ करोड ८० लाख रुपैयाँ छ । 

होटलले नीतिगत तथा ब्यवसायीक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्दै, न्यूनतम सञ्चालन खर्चमा होटलका संरचनागत सुविधाहरुलाई पूर्ण क्रियाशील राख्दै कुल सञ्चालन खर्च घटाउनका लागि अपनाउनु पर्ने सबै ब्यवसायिक रणनीतिहरु अपनाउने जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।