logo

हिमालय टेलिभिजनको एचडी प्रसारण सुरु, तीनवटा नयाँ ‘रियालिटी शो’हरूको प्रशारण गर्ने घोषणा

    1166   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार - विगत सात वर्षदेखि समाचारमूलक तथा मनोरञ्जनात्मक सामग्री प्रसारण गरिरहेको हिमालय टेलिभिजनले एचडी प्रसारण सुरु गरेको छ । टेलिभिजनको व्यवस्थापन नयाँ समूहले लिएसँगै प्रिमियम कन्टेन्ट थप गरी एचडी प्रविधिमा प्रसारण सुरु गरिएको हो । डिजिटल मिडिया अभ्यासलाई प्राथमिकता दिँदै टेलिभिजनले आफ्ना खबरहरु पोर्टल हिमालयटीभी डट कम, मोबाइलएपका साथै फेसबुक, ट्विटर, यूट्यूबमार्फत पनि उपलब्ध हुने जनाएको छ ।

एचडी प्रविधिको सुरुवातसँगै विभिन्न विधाका तीनवटा नयाँ ‘रियालिटी शो’हरूको घोषणा गरिएको छ । घोषणा अनुसार गायन रियालिटी सो ‘द भ्वाइस’को नेपाल संस्करण ‘भ्वाइस अफ नेपाल सिजन २’ अब हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । डान्स रियालिटी सो ‘डान्सिङ विथ स्टार’को नेपाल संस्करण पनि यसै वर्षबाट प्रसारण सुरु हुने भएको छ । बीबीसी स्टुडियोसँगको सहकार्यमा निर्माण हुने रियालिटी शोमा विभिन्न क्षेत्रका चर्चित सेलिब्रिटीहरूको सहभागिता रहनेछ ।

यस्तै, फेशन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाल फ्रान्चाइजका रूपमा ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनि हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । पहिलो सिजन केही महिनाभित्रै प्रसारण हुने जनाइएको छ । यसअघि टेलिभिजनले एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’का दुई सिजन सम्पन्न गरिसकेको छ । एचडी प्रसारण सुरुवातसँगै टेलिभिजनले आफ्ना खबर बुलेटिनहरूमा ३ मिनेटको विज्ञापन सीमा तोकेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।