logo

हिमालयन एयरलाइन्सद्वारा युएइको अबुधाबीमा हप्ताको तीन दिन उडान भर्ने

    1117   पटक पढिएको

१८ चैत्र /अर्थ र व्यापार - हिमालय एअरलाइन्स कम्पनीले युएईको अबुधाबीमा हप्ताको तीन दिन उडान भर्ने भएको छ । हिमालय एअरलाइन्सको एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उद्घाटन उडान गरेको छ । 

काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो ।  फीर्ति उडान अबुधाबी अन्तराष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अतवरण गरेको छ । युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । 

प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्घारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्स्ले आफ्नो नयाँ उडान भर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।