logo

क्लिन फिड नीतिबाट पछि हट्दै ः सरकार

    1297   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – विज्ञापनरहित विदेशी च्यानल (क्लिन फिड) नीति लागू नगर्न दबाब आइरहेको बेला सरकार अन्तिम समयमा नीति लागू गर्नबाट पछि हटेको छ । कानुन संशोधन गर्नुपर्ने र थप तयारी नपुगेको भन्दै हालको लागि उक्त नीति स्थगित गरिएकोे छ ।

सरकारले साउन १ देखि मुलुकमा विदेशबाट आउने सम्पूर्ण च्यानलमा क्लिन फिड नीति लगाउने घोषणा गरेको थियो । दुई दिनअघि नीति लागू गर्न सम्बन्धित निकायलाई सूचित गरेको मन्त्रालयले शुक्रबार बेलुका उक्त नीति हालको लागि स्थगित गरिएको सूचना जारी गरेको थियो ।

मुलुकमा सञ्चालनमा रहेका केबल टेलिभिजन सम्बद्ध संघ–संस्था र भारतीय संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले क्लिन फिड नीति लागू नगर्न सरकारलाई दबाब दिएका थिए । इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले मन्त्रालयमै पुगेर यो नीति नलगाउन ’लबिङ’ गरेको थियो । 

क्लिन फिड नीति लागू गर्न भनेर एक वर्षअघिदेखि नै तयारी सुरु भइसकेको थियो । गत वर्ष साउनमै मन्त्रिपरिषदले उक्त नीति पारित गरेको थियो । सरकारले अन्तिम समयमा आएर क्लिन फिड नीति स्थगन गरेकोे छ । क्लिन फिड नीतिबाट उपभोक्तालाई शुल्क महँगो पर्ने र भारतीय च्यानलले नेपालको लागि भनेर क्लिन फिड कार्यक्रम नबनाउने भन्दै केबल टेलिभिजन महासंघ लगायतले विरोध गरेका छन् ।

क्लिन फिड नीतिले देशमा प्रत्यक्ष रुपमा फाइदा पुग्ने छ । विज्ञापन बजार दोब्बर हुने र मुलुक प्रत्यक्ष रुपमा भाषा संस्कृतिमा परेको प्रभाव कम गर्न सकिने छ । यो नीति लागू भएमा च्यानलको शुल्क केही महँगो पर्न सक्ने आँकलन गरिएको छ तर कति महँगो पर्ने यकिन गरिएको छैन् ।

नेपालको लागि कतिपय च्यानलले क्लिन फिड कार्यक्रम नबनाएको भन्दै विरोध आएको थियो । हाल नेपाली विज्ञापन बजार वार्षिक साढे पाँच अर्ब रुपैयाँको छ । क्लिन फिड नीति लागू भए उक्त बजार दोब्बर हुने दाबी छ । 

यो नियमपछि विदेशी च्यानलबाट देखिाइने बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालमा बजाउन चाहेमा यहीँ आएर बनाउनु पर्छ । क्लिन फिड लागू भएपछि विदेशी च्यानलमा कुनै पनि विज्ञापन बज्दैन । उनीहरूले नेपाली बजारलाई विज्ञापन बजाउने हो भने नेपालमै आएर बिज्ञापन बजाउनु पर्छ र नेपाली मिडिया प्रयोग गर्नुपर्छ । यसले गर्दा देशको राजस्व र रोजगारीका अवसर बढ्ने छ ।

त्यसैगरी, अर्को महत्वपूर्ण पक्ष क्लिन फिड नीति लागू भए नेपाली भाषा, शैली, मौलिकताका विज्ञापन बज्नेछन् । क्लिन फिड नीतिले भारतीय च्यानलबाट आएका विज्ञापनबाट बालबालिकामा परेका असरलाई पनि रोक्न सहयोग गर्नेछ । भारतका कतिपय ठाउँ, बंगलादेश, पाकिस्तान, अमेरिकी मुलुक, युरोपमा पनि क्लिन फिड नीति कार्यान्वयनमा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।