logo

सरकारी राजस्वमा ३२.६ प्रतिशतको बृद्धि

    1662   पटक पढिएको


२ असार / अर्थ र व्यापार - चालू आर्थिक वर्षको १० महिनामा सरकारी राजस्व ३२ दशमलव ६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तुलनामा दर्ता शुल्क, भन्सार, मूल्य अभिवृद्धि करलगायतका शीर्षकहरू उच्च दरले बढेपछि कुल सरकारी राजस्व बढेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको १० महिनाको आर्थिक प्रतिवेदनमा यस्तो देखिएको हो । १० महिनाको अवधिमा सरकार कुल रू. ४ खर्ब ६४ अर्ब राजस्व संकलन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा रू. ३ खर्ब ५० अर्ब कुल राजस्व संकलन भएको थियो ।

संकलित राजस्वमा सबैभन्दा धेरै हिस्सा मूल्य अभिवृद्धि करको छ । मूल्य अभिवृद्धि करबाट १० महिनामा रू. १ खर्ब ३० अर्ब राजस्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४२ दशमलव ९ प्रतिशत बढी हो । त्यसैगरी, सो अवधिमा आयकरबापत रू. १ खर्ब १ अर्ब राजस्व संकलन भएको छ जुन गत आवको १० महिनाको तुलनामा १४ दशमलव ८ प्रतिशत बढी हो । यसले कुल राजस्वमा २१ दशमलव ९ प्रतिशत हिस्सा ओगटेको छ । आर्थिक वर्ष ०७३÷७४ को १० महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ५९ अर्ब ९१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत रु. ६४ अर्ब ८२ करोड रहेको थियो ।

सो १० महिनाको अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३ दशमलव ७ प्रतिशत वृद्धि भई रू. ४ खर्ब ७८ अर्ब ६३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो खर्च ८ प्रतिशतले बढेर रू. ३ खर्ब ३३ अर्ब १४ करोड पुगेको थियो । १० महिनाको अवधिमा चालू खर्च ४३ दशमलव २ प्रतिशतले बढेर रू. ३ खर्ब ४४ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रू. २ खर्ब ४० अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च रु. ९० अर्ब २४ करोड पुगेको छ । गत आर्थिक वर्ष यस्तो खर्च रू. ४२ अर्ब ९९ करोड रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।