logo

ब्यापार घाटा कम गर्न आयात नियन्त्रण गर्ने सरकारको योजना

    1240   पटक पढिएको

१६ माघ /अर्थ र व्यापार  - बढ्दो गतिमा ब्यापार घाटा बढेका कारण अर्थतन्त्रमा नकारात्मक सूचकहरु देखा पर्दै गएपछि सरकारले आयात नियन्त्रणको योजना तयार गरेको छ । ब्यापार घाटाले शोधनान्तर घाटालाई निरन्तर वृद्धि गरेपछि सरकारले महंगा, बिलासी र  आन्तरिक उत्पादनले थेग्न सक्ने केही वस्तुको विदशेबाट हुने आयातलाई खुम्च्याउन प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियन्त्रण गर्न सकिने केही वस्तु तथा सेवाको सूची तयार गरेर मन्त्रिपरिषदमा पेश गरेको छ । यदि यो सूची जस्ताको तस्तै पास भएमा केही बिलासी उपभोगमा वस्तुको आयात रोकिनेछ । सरकारले महंगा किसिमका गाडी, भाँडाकुँडा, फलफूल, बेभरेज, इलेक्ट्रोनिक्स सामग्री, मसला, कस्मेटिक सामान, गहना, खेलौना, रक्सी र सजावटका समाग्री लगायतको आयातमा नियन्त्रण गर्न प्रस्ताव गरेको छ ।

वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार यसअघि सरकारले विभिन्न सन्धी तथा महासन्धीका आधारमा पनि विभिन्न वस्तुहरुको आयातमा रोक लगाएको थियो । २०६६ कात्तिक १६ मा राजत्रमा प्रकाशित गरिएको मन्त्रिपरिषद्को केही वस्तुको आयात रोक्ने सम्बन्धी सोही निर्णयलाई परिमार्जन गर्न लागिएको हो । ब्यापार घाटा कम गर्ने उपाय खोज्न अर्थ मन्त्रालयले पनि राजश्व सचिवकै नेतृत्वमा एउटा समिति बनाएर अध्ययन गरिरहेको छ । आयात रोक्न सकिने वस्तु तथा सेवाबारे राष्ट्र बैंकले पनि अध्ययन गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायतका वस्तुको आयात बढेको छ । कुल निर्यात ११.२ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।