logo

भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा गोरखा चेम्बर अफ कमर्श गठन

    1619   पटक पढिएको

२९ आषाढ÷अर्थ र व्यापार– नेपाल चेम्बर अफ कमर्शले भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा गोरखा चेम्बर अफ कमर्शको स्थापना गरेको छ ।
चेम्बरले देशभरका उद्योगी व्यवसायीलाई एकिकृत गरी उनीहरुको व्यवसायको प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्य अनुरुप जिल्ला–जिल्लामा शाखा विस्तार गर्ने क्रममा गोर्खा जिल्लामा पनि विधिवत रुपमा गोर्खा चेम्बरको स्थापना गरेको हो । 

चेम्बरलाई प्रादेशिक र स्थानीय ढाँचामा लैजाने उद्देश्य अनुरुप गोर्खा चेम्बर अफ कमर्शको गठन गरिएको चेम्बरका प्रचारप्रसार विभाग प्रमुख सन्तोकुमार पाण्डेले जानकारी दिए । 

चेम्बरले भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो । जिल्लामा रहेका घरेलू, साना, ठूला तथा मझौला सबै किसिमका व्यवसायीलाई समेटर अघि बढ्न चेम्बरमा आवद्ध भएको  नव नियुक्त अध्यक्ष  श्रेष्ठले जानकारी दिए । श्रेष्ठ यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध थिए ।

प्रदेश नम्बर ४ का प्रवक्ता तथा भौतिक योजना मन्त्री रामशरण वस्नेतको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर आफ कमर्श भन्सार विभाग प्रमुख निरज राई, प्रचारप्रसार विभाग प्रमुख सन्तोषकुमार पाण्डे, जिल्लाका उच्च पदस्थ कर्मचारी र व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।