logo

ग्लोबल गोरखा समाजद्वारा गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग

    1591   पटक पढिएको

११ मंसिर/अर्थ र व्यापार– ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई  स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

जिल्लामा रहेको ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई एक कार्यक्रम गरि स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिए।

गोरखा बजारमा आयोजित सस्थाका नेपाल प्रतिनिधी बिनोद पोखरेलले जिल्लाका सबै स्थानिय तहलाई मास्क र ज्वरो नाप्ने थर्मल गन हस्त्तान्तरण गरेको समाजका उपाध्यक्ष एवं स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक गोकर्ण प्रसाद ढकालले जानकारी दिए।

समाजको हालै सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले गोरखाका सबै तहमा स्वास्थ्य सामाग्री दिने निर्णय गरे लगत्तै स्थानिय तहलाई सो सामाग्री सहयोग हस्तान्तरण गरीएको हो । समाजले ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ । 
त्यस्तै गरी, समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो।

सो कार्यक्रममा जिल्ला समन्वय समिति गोरखालाई ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले र सबै स्थानिय तहलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले हस्तान्तरण गरेका थिए।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।