logo

घरजग्गाको कारोबारबाट ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन     

    1881   पटक पढिएको


८साउन/अर्थ र व्यापार– गत आर्थिक वर्ष २०७४–७५ मा घरजग्गा कारोबारबाट ३० अर्ब ६७ करोड रुपैयाँ कुल राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३–७४ को तुलनामा यस आर्थिक बर्षमा ४ अर्र्ब रुपैयाँ बढी राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्षमा २६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । 

गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन तर्फ २३ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा रजिष्ट्रेशन तर्फ २० अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षमा छ अर्ब २५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । अघिल्लो वर्ष चार अर्ब ६२ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । 

काठमाडौं उपत्यकाका ८ वटा मालपोत कार्यालयले बाग्मती सभ्यताका लागि गत आर्थिक वर्षमा एक अर्ब ३० करोड रुपैयाँ संकलन भएको छ । पूँजीगत लाभकरमा गरेको कडाइपछि लाभकरमा भने वृद्धि भएको छ । 

गत वर्षको साउनमा वर्षमा एक पटकमात्रै कित्ताकाट गर्न पाउने प्रावधान ल्याएको थियो । तर अंशबण्डा लगायतका वैकल्पिक उपाय निकाल्दै जग्गा व्यावसायीले कृषि योग्य जमिन खरीदबिक्री गरेकोले कारोबार बढेको हो । 

गत आर्थिक वर्षमा ११ महिना सम्म लक्ष्य अनुसार राजस्व संकलन हुनसकेको थिएन । तर  नयाँ आर्थिक वर्ष २०७५–७६ को बजेटबाट १० लाख रुपैयाँ माथीको कारोबारमा पूँजीगत लाभकर लिने घोषणा गरेपछि बर्षको अन्तिम महिनामा मात्रै तीन अर्ब रुपैयाँ राजस्व र एक अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।