logo

जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

    1567   पटक पढिएको

१२ माघ / अर्थ र व्यापार - जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालको स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् ।

संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् ।

त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् ।

उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।

नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका बीचमाआपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफा रहित संस्थाको आवश्यकतामहशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको संघले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।