logo

४ पर्यटकीय गन्तव्यमा बन्ने रिसोर्टमा विदेशी लगानी खोजिने

    1185   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार - नेपाल पर्यटन बोर्डले ल्याएको ‘लोन्ली इको रिसोर्ट’को अवधारणामा विदेशी लगानी खोजिने भएको छ । बोर्डले चालु आर्थिक वर्षको बजेटमा विभिन्न चार पर्यटकीय गन्तव्यमा रिसोर्ट खोली सञ्चालन गर्ने अवधारणा समेटेको थियो ।

चालु आवभित्रै कम्तीमा रिसोर्ट सञ्चालनको मोडालिटी तयार गर्ने सरकारको तयारी छ । बोर्डका निर्देशक मणिराज लामिछानेले इको रिसोर्ट सञ्चालनको मोडालिटी तय गर्न बुधबारबाट सरोकारवालासँग छलफल थालिएको बताए । तारागाउँ विकास बोर्डका सदस्यसँग बुधबार बोर्डले छलफल गरेको छ । अब छिट्टै लगानी बोर्डसँग छलफल गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘हामीले विभिन्न स्थानमा खुल्ने इको रिसोर्टका लागि विदेशी लगानीको अपेक्षा गरेका छौं’, निर्देशक लामिछानेले भने, ‘उक्त सम्भावना खोज्न लगानी बोर्डसँग छलफल गर्दैछौं ।’
बोर्डले व्यावसायिक रूपमा आतिथ्य सेवा नपुगेको र कानूनी हिसाबले पनि खोल्न नमिल्ने स्थानमा पर्यटकको सुविधाका लागि पर्यावरणमैत्री रिसोर्ट स्थापनाको अवधारणा ल्याएको छ । ताप्लेजुङको पाथिभरा, मुगुको रारा, डोल्पाको से–फोक्सुन्डो र सुदूरपश्चिमको खप्तडमा लोन्ली रिसोर्ट निर्माण तथा सञ्चालनको योजना रहेको छ । यस वर्ष लोन्ली इको–रिसोर्ट सञ्चालनसम्बन्धी मोडालिटी निर्धारणको प्रतिवेदन तयार गरिने बोर्डको बजेटमा उल्लेख छ ।

यस्ता रिसोर्टहरूमा संघ, प्रदेश र स्थानीय सबै तहको सहभागिता निश्चित गरी अपनत्व लिने वातावरण बनाइने भएको छ । यसका साथै निजी क्षेत्रसमेत सहभागी हुन सक्ने गरी रिसोर्ट सञ्चालनको मोडालिटी बन्ने छ । यी गन्तव्य राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्रभित्र पर्छन् । यहाँ निजी क्षेत्रले आफू–खुसी संरचना बनाउन सक्दैन । तर, यहाँ पर्यटकको आगमन भने निरन्तर बढ्दो छ ।

पर्यटकलाई सुविधा दिन अत्यावश्यक होटेल तथा रिसोर्ट सुविधाको माग पनि उत्तिकै रहेको छ । यही आवश्यकता पूरा गर्न इको रिसोर्ट सञ्चालनको निष्कर्षमा बोर्ड पुगेको हो । वातावारण संरक्षण गर्दै पर्यावरणमैत्री संरचना निर्माण गर्ने र पर्यटकलाई सेवा सुविधा दिने गरी मोडालिटी तयार पारिने निर्देशक लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।