logo

अर्थ मन्त्रालयद्धारा पहिलो चौमासिक समिक्षा विवरण सार्वजनिक, अर्थतन्त्र सुदृढ हुँदै गएको दावी

    1593   पटक पढिएको

१ पुस/अर्थ र व्यापार– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिको समिक्षा विवरण सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले पहिलो चौमासिक अवधिमा कोरोना भाइरसको महामारीकाबीच पछिल्लो समय चलायमान भएको बजारका कारण अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको  विश्लेषण गरेको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा व्यापार सन्तुलन, चालु खाता तथा भुक्तानी सन्तुलन र विदेशी विनिमय संचितिमा क्रमिक रुपले सुधार भई बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको बताएको छ ।

अर्थ मन्त्रालयले निकासीमा भएको वृद्धिले व्यापार घाटा १.५ प्रतिशतले सुधार भएको जनाएको छ । पहिलो चौमासिक अवधिा निकासी र पैठारीको अंश क्रमश ९.०८ प्रतिशत रहेको छ ।

पहिलो चौमासिक अवधिमा कुल संघीय खर्च लक्ष्यको तुलनामा १९.१ प्रतिशत बढी भएको छ । यसमा चालु खर्चको हिस्सा ठूलो छ । कात्तिकसम्म २ खर्ब ३० अर्ब रुपैयाँ चालु खर्च भएको छ । पूँजीगत खर्च भने मात्र २९ अर्ब ४४ करोड रहेको छ ।

चार महिनामा राजस्व संकलनतर्फ ९४.प्रतिशत प्रगति भएको छ । आयकरमा २.७ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

भन्सार राजस्वको संकलन समेत २.२ प्रतिशत बढी उठेको छ । प्रथम चौमासिकमा वैदेशिक सहायताको प्रतिवद्धता ९० अर्ब ५५ करोड पुगेको छ ।

मन्त्रालयले नेप्से सूचकांकमा देखिएको निरन्तरको सुधारले अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको दावी समिक्षा विवरणमा उल्लेख गरेको छ ।

कोभिड १९ को महामारीका कारण चालु आवको शुरुवाती महिनामा विकास निर्माणका काम रोकिदा पूँजिगत खर्च उल्लेख्य बढ्न नसके पनि पछिल्ला दिनमा भने पूँजीगत खर्चले गति लिएको मन्त्रालयको दावि छ । चार महिनामा पूँजीगत खर्च कुल लक्ष्यको ८.३४ प्रतिशत भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।