logo

कोभिड उपचारमा इमर्जेन्सी प्रयोग गर्न मिल्ने औषधि फेभिर–२०० को उत्पादन अब नेपालमै

    1343   पटक पढिएको


७ असोज/अर्थ र व्यापार– नेपालमै कोभिड–१९ को उपचारका लागि इमर्जेन्सी प्रयोग गर्न मिल्ने औषधि फेभिर–२०० ट्याव्लेटको उत्पादन सुरु भएको छ । 

औषधि व्यवस्था विभागको अनुमतिमा देउराली जनता फर्मास्यूटिकल्सले फेभिर–२०० ट्याब्लेटको उत्पादन सुरु गरेको हो । 

देउराली जनता फर्मास्यूटिकल्सले जारी गरेको विज्ञप्तीमा कम्पनीमा कार्यरत स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकबाट यो औषधि उत्पादन गरिएका उल्लेख गरिएको छ । कम्पनीले यो औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको दाबी समेत गरेको छ । 

कम्पनीले कोभिड–१९ उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने उदेश्यसहित यो औषधि उत्पादन गरिएको बताएको छ ।

चीन, रसिया, अमेरिका, जापान, भारत, टर्की, क्यानडा लगायतका मुलुकमा फेबिपिरभिर औषधि इमर्जेन्सी प्रयोग गर्न अनुमति दिइएको थियो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।