logo

एफएनसीसीआईले सचिवालयमा कर राजस्व गुनासो संबोधन इकाइ खोल्ने

    1557   पटक पढिएको

१२ माघ/अर्थ र व्यापार– नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले कर राजस्व सम्बन्धी समस्या एवं गुनासो संवोधन गर्न सचिवालयमा इकाई स्थापना गर्ने भएको छ ।

महासंघको कर तथा राजस्व समिति विस्तार गर्दै अध्यक्ष शेखर गोल्छाले कर राजस्व सम्बन्धी समस्या एवं गुनासो संवोधन गर्न इकाइ स्थापना गर्ने बताएका हो ।

सोमबार सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति बिस्तार भएको छ । समितिमा गोविन्द ढुंगेल, पूर्व कारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ, फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल चुनिएका छन् ।

यस्तै, आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाललगाएत चुनिएका छन् ।

अध्यक्ष गोल्छाले विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासँग जोडिएको बताएका छन् ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।