logo

२६ वस्तुको निर्यातमा नगद अनुदान दिने सरकारको निर्णय

    1368   पटक पढिएको

२९ माघ/ अर्थ र व्यापार - निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलन कम गर्न सरकारले विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी कार्य्विधि पारित गर्दै यस्तो व्यवस्था गरेको थियो ।

निर्यातकर्ताले १५ वस्तुको निर्यातमा ५ प्रतिशत र ११ वस्तुको निर्यातमा ३ प्रतिशत नगद अनुदान पाउने छ । सरकारले पूर्ण स्वदेशी उत्पादन निर्यात गर्दा मात्रै नगद अनुदान दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेको निर्यात अनुदानसम्बन्धी कार्य्विधि कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । माघ २८ गते परिपत्र जारी गर्दै राष्ट्र बैंकले १० बुँदे निर्देशन दिएको हो ।

वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंक कार्यालयमार्फत भएको हो, सोही बैंक कार्यालयमार्फत मात्र नगद प्रोत्साहन उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । निर्यात अनुदान दिनका लागि अर्थ मन्त्रालयले बेलाबेलामा राष्ट्र बैंकलाई रकम उपलब्ध गराउने छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा निर्यात अनुदानका लागि सिफारिस र अनुगमन समिति बनाइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।