logo

इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिष्टम फागुनको पहिलो सातादेखि लागु गरिने

    1121   पटक पढिएको

१३ माघ /अर्थ र व्यापार - सामान आयात गर्दा समय र ढुवानी खर्च धेरै लागेको अवस्थामा तेस्रो मूलुकबाट सामान आयात गर्न सहज होस् भन्ने उद्देश्यका साथ फागुनको पहिलो सातादेखि इसीटीएस ( इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिष्टम ) लागु गरिने भएको छ । इसीटीएस अर्थात् यसलाई अनलाईन क्लियरिङ सिष्टम समेत भनिएको छ ।

ईसीटीएस लागु गरेपछि यसले धेरै राहत हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । इसीटीएस लागु भए पछि कोलकताबाट वीरगञ्जसम्म ढुवानीमा ४ देखि ५ दिनसम्म मात्र लाग्ने महासंघको भनाई छ । बन्दरगाहमा सामान आएपछि पहिला ८ प्रकारका कागजात पेश गर्नु पर्ने र करिब दुई दर्जन टेबलमा हस्ताक्षर(सिफारिस) गर्दै जानुपर्ने झन्झट रहेको थियो भने इसीटीएस लागु भएपनि भने उक्त झन्झटहरुबाट मुक्त हुने देखिन्छ । यसअघि ६० प्रतिशत सामान रेल र ४० प्रतिशत सामान सडक हुदैं आउने गरेको यो प्रणाली लागु भएपछि भने सडकमा नभई कोलकताबाट वीरगञ्जसम्म रेल देखि रेल सम्म सामान आउने छ ।

रेलबाट सामान आउने र सडकबाट प्रयोग गर्न नपर्दा प्रत्येक कन्टेनरबाट ८ लाख रुपैयाँ जोगिन पुग्दा अरबौं रकम बचत हुने महासंघका कार्यकारणी सदस्य प्रकाश सिंह कार्कीले बताए । इसीटीएस प्रणाली लागु भएपछि सामान आयातमा कम खर्च लाग्दा उपभोक्ता समेत लाभान्वित हुने बताइएको छ । सामान आयातमा कम खर्च लागे सँगै बजारमा सामानको मूल्यमा समेत कमी आउने महासंघले जनाएको छ ।

इसीटीएसले गर्दा सामान आयात तथा निर्यातमा छिटो छरितो हुनुको इसीटीएसकै कारण सामान आयात गर्दा आयातकर्ताको प्रत्येक कन्टनेरमा ४० हजारका दरले लागत घटने छ । उक्त प्रणाली लागु भएपछि आयातकर्ताहरु पुस्तकमा दर्ता गराउनु पर्ने विवरणबाट मुक्त हुनेछन् । उक्त प्रणालीले आयातमा मात्र सहज नभई निर्यातमा समेत सहज हुने बताँउदै कार्कीले भने इसीटीएस लागु भएसँगै निर्यात समेत बढ्ने छ । उनले सामान आयात गर्दा युरोपबाट कलकत्ता सम्म ल्याँउदा १ हजार डलर लाग्ने र काठमाडौंबाट कलकत्ता सम्म सामान निर्यात गर्दा १३ सय डलर लाग्नेमा यो प्रणाली लागु गरेपछि निर्यातकर्तालाई सहज हुने बताए ।

उक्त प्रणालीले आयात र निर्यात सम्बन्धी खर्चहरु पारदर्शिरुपमा राख्नको लागि सहयोग पुग्ने बताइएको छ । इसीटीएस प्रणाली लागु गर्न नेपाल र भारतको सम्वन्धित निकायहरु बीच छलफल गरी कार्यान्वयनमा जान लागेको हो । यो प्रणाली दुई देशबीचको सरकारको सहमति मार्फत् नै लागु गर्न लागिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।