logo

डा. केसीको समर्थनमा भोलि देशभरका स्वास्थ्य संस्थाहरु बन्द हुने    

    1446   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– डा. गोविन्द केसीको समर्थनमा भोलि बिहीबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुने भएको छ । 

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र सरकारलाई संवेदनशील हनको लागि १ दिन बन्द गर्न लागिएको चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा  उल्लेख छ । तर यति हुँदा पनि सरकार संवेदनशील नभए संघ देशभर आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालसम्म बन्द गर्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ। 

संघले आन्दोलनको  कार्यक्रमबाट देशभरका स्वास्थ्य संस्थामा हुन सक्ने कुनै पनि घटनाका सम्बन्धमा नेपाल सरकार नै पूर्ण जिम्मेवार हुने पनि बताएको छ । 

डा. गोविन्द केसीको अनसनको १९ औँ दिन उनको मुटुमा गम्भिर समस्याहरु देखिएको छ । डा.केसीलाई जुनकुनै बेला पनि सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ र यो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध नभएको जानकारी पनि उपचारमा संलग्न चिकित्सकहरुले विज्ञप्ति मार्फत गराएका छन् ।

यसका अलावा स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको छ । यो सँगै डा.केसीका दुवै हातका नसा संक्रमित भएका छन् । निरन्तर घटिरहेको सेतो रक्तकोशिका र यसकिसिमको बढ्दो संक्रमणका कारण अब झन सेप्सिसको जोखिम बढेको छ । 

साथै डा. केसीका रगतमा पोटासियम , म्यागनेजियम र क्यालसियमको मात्रा निकै नै कम भइसकेको छ । यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पुर्ण जोखिमका बारे डा.केसीलाइ बताइएको भएतापनि उनले ती तत्वहरु लिन अस्वीकार गरेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।