logo

खाद्य ऐन उल्लङ्घन गर्नेमा पानी उद्योग धेरै, २१ उद्योग परे कारबाहीमा

    1596   पटक पढिएको


१६ मंसिर/अर्थ र व्यापार– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन उल्लङ्घन गर्ने उद्योगमा सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग रहेको जनाएको छ । 

विभागले साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका १ हजार १८९ नमूना संकलन गरिएकामा त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१ उद्योगले मापदण्डानुसार सञ्चालन नगरेको भेटिएको हो ।

पिउने पानीका उद्योगपछि दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका उद्योगहरु रहेका छन् । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले पहिलो चौमासिकमा खाद्यसम्बन्धीका १ हजार १८९ नमूना संकलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको बताए।

महर्जनले खाद्य ऐन उल्लङ्घन गर्ने २१ पानी उद्योगलसहित मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारबाही गरिएको जानकारी दिए ।    

यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ ओटा नमूना संकलन गरिएकोमा न्यूनस्तर तथा दूषित उत्पादन तथा विक्री वितरण गरेको कसूरमा खानेतेल, बेकरी, दाना, चाउचाउ, मिठाइ, घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग २६ ओटा उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउनेपानीका पाँच उद्योग परेका छन् ।

उक्त मुद्दामध्ये आठ ओटा मुद्दा न्यून गुणस्तरका, सात ओटामुद्दा दूषितका, सात ओटा मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार ओटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनसम्बन्धी छन् ।       

पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत १ हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १५३ ओटा उजुरी कारवाही गरिएको छ ।

ति मध्ये, खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ ओटा उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना सङ्कलन गरी कारवाही अघि बढाइएको छ ।

विभिन्न १२ ओटा नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार १५४ ओटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको बताइएको छ । 

त्यसमध्ये पापड, चामल, बदाम, मसला, मैदा, वेसनलगायतका २५ ओटा नमूना प्रतिकूल पाइएपछि आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।