logo

माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजनाको निर्माण तीन महिनामा सकिने, आइपिओ पनि आउने

    1339   पटक पढिएको

११ पुस / अर्थ र व्यापार - माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजना तीन महिनाभित्र निर्माण सकिने भएको छ। लिवर्टी इनर्जी कम्पनीको दशौं वार्षिक साधारणसभामा चैत महिनाभित्रै निर्माण सकिने जानकारी दिइएको हो।

२५ मेगावाटको यो आयोजनाको ९५ प्रतिशत निर्माणको काम सकिएको कम्पनीका प्रवन्ध संचालक डा आत्मराम घिमिरेले जानकारी दिए। कम्पनीले ३७ करोड ५० लाख बराबरको सेयर सर्वसाधरण र प्रभावित क्षेत्रका स्थानीयलाई जारी गर्ने भएको छ।

सेयर जारी गर्न एनआईविएल एस क्यापिटलसँग सम्झौंता गरिसकेको छ। कम्पनीका अनुसार सेयर जारी गर्न धितोपत्र बोर्डबाट अन्तिम स्वीकृतीका लागि कागजात पेश गरिएको छ। कम्पनीले माथिल्लो दोर्दी “ए” वाहेक लोदो खोला साना जलविद्युत आयोजना र बाग्लुङ जिल्लामा बडिगाढ खोला जलविद्युत आयोजना अघि बढाएको छ । 

कम्पनीले सर्वेक्षण अनुमति पाएको २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सकिएर वातावरणीय प्रभाव मूल्यांकनको प्रकृया अघि बढेको जनाएको छ। १.६ मेगावाटको क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस भएको कम्पनीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।