logo

कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी खारेज गराउनेको चाप बढ्यो

    1379   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - नयाँ बर्षपछि कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी खारेज गराउनेको चाप बढेको छ । लामो समयदेखि निष्कृय रहेका कम्पनीलाई खारेजीमा लैजान दिएको छुटको समय सकिन लागेकोले चाप बढेको हो ।

बुधवार सम्म ८ सय ३५ कम्पनीले खारेजीको प्रक्रिया अघि बढाएको कम्पनी रजिस्ट्रार कार्यालयका प्रवक्ता सन्तोष दाहालले जानकारी दिए । यसअघिनै ३ सय १७ कम्पनी खारेज भइसकेको दाहालले बताए । कम्पनी खारेज गर्न चाहनेले वैशाख १९ गते सम्म निवेदन दिन सक्छन् । कार्यालयले सहुलियत दिएपनि अपेक्षाकृत कम्पनी खारेजीमा गएनन् । हाल सम्म दुई लाख १२ हजार २८१ कम्पनी कार्यालयमा दर्ता छन् । त्यस मध्ये ४० प्रतिशत कम्पनी निस्कृय रहेको अनुमान कार्यालयको छ । बुधवार सम्मको प्रक्रियामा करिब १२ सय कम्पनी मात्रै खारेज हुने देखिएको छ । 

दुई वर्ष अघि कम्पनी ऐन संशोधनपछि खारेजी प्रक्रिया अघि बढेको थियो । कम्पनी दर्ता गर्न सजिलो भए पनि खारेज गर्न कठिन भएका कारण लामो समयदेखि निष्कृय कम्पनीको सङ्ख्या बढ्दै गएका थिए । कम्पनी खारेज गर्न ऐननै संशोधन गरेर सहुलियत दिइएको थियो।कम्पनी खारेज गर्न दिएको सुविधामा कम्पनीको चुक्ता पूँजीको ०.५ प्रतिशत वा जम्मा जरिवानाको रकममध्ये जुन कम हुन्छ त्यही तिरेर बन्द गर्न सक्ने लगायतका प्रावधान छ । सोही प्रावधान अनुसार कम्पनीको साधारणसभाको निर्णय र कम्पनीले तोकेको जरिवाना भूक्तान गरेर कम्पनी रजिस्ट्रारले तोकेको ढाँचामा निवेदन दिएका कम्पनीलाई खारेज गरिएको छ । लामो समयदेखि निस्कृय भएका कम्पनीका सञ्चालकलाई नयाँ कम्पनी खोल्न समेत रोक लगाएको छ । हाल पुरानो कम्पनीलाई अध्यावधिक गर्न लगाएर मात्र नयाँ कम्पनीमा सञ्चालक हुन स्वीकृति दिने व्यवस्था कार्यालयले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।