logo

नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्वारा निरिक्षण

    1252   पटक पढिएको

२६ पुस/ अर्थ र व्यापार - नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निरिक्षण गरेका छन् । बिहीबार बिहान ९ः४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए । करीब ४५ मिनेट एनटिएमा बिताएका बाँस्कोटाले सबै कार्यकक्षमा पसेर प्रतिक्रिया लिएका थिए । ‘मन्त्रीले प्राधिकरणको सबै विभाग र शाखाको कार्यकक्षमा पसेर अपडेट लिनुभयो र सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिनुभयो र सबैको हाजिरी विवरण जाँच गरेर जानुभयो’, प्राधिकरणका निमित्त कार्यलय प्रमुख पुरुषोत्तम खनालले बताए । 

अधिकारीका अनुसार, काम छिटो छरितो हुनुपर्यो भन्नेमा उनको जोड थियो । प्राधिकरणले अहिले गरिरहेका कामको अवस्था र समस्याहरुका बारेमा दुई दिनभित्र मन्त्रालयमा जानकारी गराउन भनेका छन् । प्राधिकरणको अध्यक्षबाट दिगम्बर झाले राजीनामा दिएपछि मन्त्री बाँस्कोटाले प्राधिकरणकै दोस्रो हैसियतका निर्देशक पुरुषोत्तम खनाललाई निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिएका छन् ।

अनुगमनका क्रममा मन्त्री बाँस्कोटाले दूरसञ्चार कम्पनीहरुको लाइसेन्स वितरण, ग्रामीण दूरसञ्चार कोष, दूरसञ्चार सेवाको गुणस्तर लगायतका विषयमा विशेष चासो दिएका थिए । प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई भने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सूचना प्रविधि क्षेत्रको काम गर्नका लागि भनेर काजमा तानेका छन् । आनन्दराज खनाललाई प्राधिकरणमै राख्दा कार्यबहाकको जिम्मेवारी उनैलाई दिनुपर्ने भएपछि बाँस्कोटाले यस्तो रणनीति अपनाएका थिए । 

गत भदौ २० मा दिगम्बर झालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्दा पनि मन्त्री बाँस्कोटा र मन्त्रीपरिषदकै सर्वत्र आलोचना भएको थियो । सत्तारुढ दल नेकपाको स्थायी समितिमा ४३ जना सदस्यले झा विरुद्ध ज्ञापन पत्र बुझाएपछि प्राधिकरणबाट झालाई राजीनामा गराइएको थियो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।