logo

खानेपानी मन्त्रालयद्वारा सीएमसीलाई मेलम्चीको ठेक्का तोडेको जानकारीसहित टर्मिनेसन लेटर लेख्ने तयारी

    1040   पटक पढिएको

६ माघ /अर्थ र व्यापार - मेलम्ची खानेपानी आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसी नआएपछि सरकारले ठेक्का तोड्ने तयारी गरेको छ । खानेपानी मन्त्रालयको उच्च स्रोतका अनुसार आइतबार नै सीएमसीलाई ठेक्का तोडेको जानकारीसहित (टर्मिनेसन लेटर) लेख्ने तयारी भइरहेको छ ।

सीएमसी वित्तीय संकटमा फसेपछि उसका कर्मचारीहरु काम छोडेर हिँडेका थिए । तर, नेपाल सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ र्गयो । लगत्तै नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए । सीएमसीले आयोजना अघि बढाउनेबारे छलफल गर्न प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली पठाउने बचन पनि दिएको थियो । तर, अझै आएका छैनन् । पटक–पटक आग्रह गर्दा पनि सीएमसी  फर्किने नदेखिएपछि सरकारले एकतर्फी रुपमा ठेक्का रद्ध गरेर धरौटी जफत गर्न लागेको हो ।

हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ । अब सीएमसी नफर्किने लगभग निश्चित भएको खानेपानी मन्त्रालयका एक उच्च अधिकारीले बताए । यो बीचमा सीएमसीले काममा फर्कनुको साटो सरकारले भुक्तानी गर्न बाँकी रकम र भेरिएसनबापत थप दावी गरिएको रकम दिनुपर्ने शर्त अघि सारेको थियो । उसले शर्तहरु थप्दै आयोजनामा नफर्किने संकेत यसअघि नै गरेको थियो ।
सीएमसीका नेपाली ठेकेदारहरु पनि सबै रकम भुक्तानी नभएसम्म काममा नफर्किने अडानमा छन् । अब यो अवस्थामा ठेक्का तोडे नयाँ ठेक्का गर्नुपर्ने अवस्था आउनेछ ।

मलेम्चीको पानी काठमाडौंमा ल्याउने गरी सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको अवस्थामा काम गर्न पैसा नभएको भन्दै ठेकेदार कम्पनीले साइट छाडेको थियो । सरकारले धरौटी रकम रोक्का गरेपछि सीएमसी अदालत पुगे पनि अदालतबाट सरकारलाई धारैटी जफत गर्न बाटो खुलिसकेको छ । सीएमसीले तनहुँ जलविद्युत आयोजनामा पनि ठेक्का पाएको छ । मेलम्चीकै ठेक्का अपुरो छोडेर कम्पनी हिँडे पनि तनहुँ हाइड्रोपावर कम्पनी पनि अन्योलमा फसेको छ । सोलु हाइड्रो भने सीएमसीसँग ठेक्का तोडिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।