logo

माघ २७ देखि चन्द्रगढी विमानस्थलमा रात्री उडान सुरु हुने

    1152   पटक पढिएको

१३ माघ/ अर्थ र व्यापार - चन्द्रगढी विमानस्थलमा बुद्ध एयरले पहिलो रात्री उडान गर्ने भएको छ ।  विमानस्थलले माघ २७ गतेदेखि रात्री उडान सुरु गर्दैछ । अहिलेसम्म पौने ६ बजेसम्म मात्रै यो विमानस्थलबाट उडान हुँदै आएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार माघ २७ गतेपछि राती ९ बजेसम्म उडान र अवतरण गर्न सकिनेछ।आइएफआर  ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत काठमाडौं(चन्द्रगढी रात्री उडान गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले बताए । बुधबार परीक्षण उडान हुनेछ । उनका अनुसार यो गन्तब्यमा उडान गर्दै आएका सबै आन्तरिक वायुसेवा कम्पनीले आवश्यक अनुसार रात्री उडान गर्न सक्नेछन् ।

हाल बुद्ध एयरले ७२ सीटे एटिआर(७२ मार्फत  काठमाडौं(चन्द्रगढी दैनिक दुईवटा नियमित उडान गर्दै आएको छ । हाल बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरले काठमाडौं,भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगर, सिमरा लगायतका क्षेत्रमा राती नौ बजेसम्म आन्तरिक उडान अवतरण गर्दै आएका छन् ।

चन्द्रगढी विमानस्थलमा दश महिना अघि विहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा सुरु भइसकेको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।