logo

चीनले चक्रपथ निर्माणको काम सकाए पनि नेपाल सरकारद्वारा सर्भिस ट्रयाक निर्माणको काम अधुरै

    1085   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार  - चीनले चक्रपथको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारको काम सकाए पनि नेपाल सरकारको जिम्मा रहेकोे सर्भिस ट्रयाक निर्माणको काम अधुरै छ । ग्वार्को–सातदोबाटो खण्डको २ किलोमिटर र कलंकी–बल्खु खण्डको १ किलोमिटर सर्भिस ट्रयाकको कामका लागि त टेन्डर नै भएको छैन ।

कलंकी– बल्खु खण्डको झण्डै एक किलोमिटर क्षेत्रमा भने अहिले सर्भिस ट्रयाक बनिरहेको छ । तर यही खण्डको एक किलोमिटर खण्डका सर्भिस ट्रयाक बनाउने प्रक्रिया नै अघि बढेको छैन । सर्भिस ट्रयाक नहुँदा सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउने काम चक्रपथको सहायक लेनमै गरिरहेका छन् । स्थानीयलाई पनि सर्भिस ट्रयाक नबन्दा थप सास्ती भएको छ । चक्रपथ विस्तार आयोजनाका इन्जिनियर निरञ्जन शर्माका अनुसार टेण्डर हुन बाँकी झण्डै ३ किलोमिटर खण्डका लागि अहिलेसम्म बजेट व्यवस्थापन भएको छैन । उनले बजेट व्यवस्थापन गरेर छिट्टै सकै काम सकाउने दावी गरे ।

चक्रपथमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्रयाक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायकमा चार–चार लेन छन् । दुवैतर्फ सहायक लेनभन्दा बाहिर एक–एक लेनको ‘सर्भिस ट्रयाक’ बनाइँदै छ । मुख्य र सहायक गरी आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले लिएको थियो । दुई तर्फका सर्भिस लेन सडक विभागले निर्माण गरिरहेको छ । सर्भिस ट्रयाकबाट निश्चित चोकमा पुगेपछि मात्रै सवारीहरु सहायक र मुख्य लेनमा छिर्न पाउँछन् ।

अहिले आठ लेनको भए पनि थप दुई लेनसहित सडक १० लेनको हुनेछ । सर्भिस लेनभन्दा बाहिर फुटपाथको व्यवस्था भने गरिएको छैन । जसले गर्दा चक्रपथमा पैदलयात्रुलाई सास्ती छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।