logo

सर्टिफिकेट धितोमा ऋण असोजबाट मात्रै

    1583   पटक पढिएको

 ४ साउन/अर्थ र व्यापार– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाँडोमा असोजबाट मात्रै पाइने भएको छ ।

अर्थमन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि बनाइरहेको छ । यो कार्यविधि भदौंसम्ममा बन्ने मन्त्रालयले जनाएको छ। दुई महिनामा कार्य्विधि तयार गरी यी कार्यक्रम आर्थिक वर्षको तेस्रो महिनादेखि कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको योजना छ ।

कार्यविधिमा सर्टिफिकेटका आधारमा ऋण दिनेदेखि ऋण असुलीसम्मका प्रकृयालाई समावेश गरिनेछ । कार्यविधीमा उल्लेख भए अनुसार बैंकहरुले ऋण दिन सुरु गर्नसक्छन् ।

चालु आर्थिक वर्षको बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म  ऋण दिने उल्लेख छ । पढेका युवालाई उद्यमशीलतामा ल्याउन चालु बजेटमा यो कार्यक्रम राखिएको थियो ।

अर्थका सहसचिव उत्तरकुमार खत्रीले कार्ययोजनामा बजेट कार्यान्वयन गर्ने निकाय र अधिकारीनै तोकिने उनले बताए । साथै समय तोकेरै कर्मचारीलाई जिम्मेवार बनाउने तयारी गरिरहेको पनि खत्रीले जानकारी दिए । 

बजेटमार्फत घोषणा गरिएका रोजगारमूलक र लगानीमूलक कार्यक्रम कार्यान्वयन गर्न कार्य्विधि तयार गर्नुपर्ने हुन्छ । सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने, वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगार हुन ब्याज अनुदानमा ऋण दिने, महिलाहरुलाई सामूहिक जमानीमा ऋण उपलब्ध गराउने उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयले यो वर्षको बजेट वक्तव्यको अन्तिम पृष्ठमा बजेट कार्यान्वयनपछि प्राप्त हुने अपेक्षित उपलब्धी पनि उल्लेख गरेको छ । त्यसैलाई मूर्तरुप दिने गरी बजेट कार्यान्वयनलाई जोड दिइएको ती सहसचिवले खत्रिले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।