logo

उपत्यकाका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा

    1226   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३/७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ ।

विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको छ । विभागले सो अवधिमा ६६ पटक ५४ खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले गत आवमा एउटै उद्योगविरुद्ध ४ पटकसम्म मुद्दा दर्ता गरेको छ । विभागले गत फागुनमा भक्तपुरमा रहेको जगदम्बा फुड एन्ड बेभरेज प्रालिलाई न्यून गुणस्तरमा २ र दूषितमा २ गरी ४ पटक मुद्दा दर्ता गरेको सहायक प्रवक्ता चापागाईंले जानकारी दिए । जगदम्बाले दूध उत्पादन गर्छ ।

त्यस्तै, भक्तपुरमै रहेको कालिका डेरी र मनमैजुमा रहेको त्रिशूल मिनरल एन्ड बेभरेज प्रालिविरुद्ध पनि समान ३ पटक मुद्दा दायर गरेको छ । बुढानीलकण्ठको प्रशोधित पानी उत्पादक ग्लासियर बेभरेज, चाउचाउ उत्पादक हिमालयन स्न्याक्स एन्ड नुडल्स, बेसन उत्पादक तेजस खाद्य प्रोसेसिङ र दूध उत्पादक सैँजु डेरीविरुद्ध समान २ पटक मुद्दा दर्ता भएको छ ।

नेपाली उपभोक्ता सबैभन्दा बढी प्रशोधित खानेपानीमा ठगिएको अनुगमन प्रतिवेदनले देखाएको छ । प्रशोधित पानीमा पिएच (अम्लीयको मात्रा) तोकिएभन्दा बढी वा घटी राखेर धेरैले पानी बिक्री गर्दै आएका छन् । पिएचको मात्रा तोएिकभन्दा घटबढ हुँदा पानीको वास्तविक स्वाद प्राप्त हुँदैन । 

गत आवमा २४ खानेपानीले तोकिएकोभन्दा कम गुणस्तर र दूषित पानी उत्पादन गरेको पाइएपछि विभागले मुद्दा दर्ता गरेको छ । त्यसपछि प्याकेटमा उपलब्ध हुने दूध उद्योगविरुद्ध पनि धेरै मुद्दा दायर भएको तथ्यांक छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।